जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १०:१२

ध्वाँसे चितुवाको छाला सहित युवक पक्राउ


काठमाडौं, कात्तिक १  ध्वाँसे चितुवाको छाला र २ किलो ४ सय ग्राम सालकको खपेटासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१३ का २१ वर्षीय रोशन राना छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार कोटेश्वरबाट पक्राउ गरेको हो।

उनी चिुतवाको छाला र सालकको खपेटा बेच्न हिँड्दै गरेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०१९ अन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।