भक्तपुर, असोज १९ । नेपाल पत्रकार महासंघको निर्वाचन मंसीर २८ गते हुने तय भएको छ ।
भक्तपुरको बोडेस्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा आज भएको प्रदेश र जिल्ला अध्यक्षहरुको भेलाले बिधानले दिएको अन्तिम अधिकार प्रयाग गर्दै मंसीर २८ गतेका लागि निर्वाचन मिति तोकेको हो ।
नेपाल पत्रकार महासंघकी कार्यबहाक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा बसेको अध्यक्षहरुको भेलाले सदस्यता सम्बन्धी बिवादको बिषयमा पनि ठोश निर्णय गरेको छ ।
भेलाले जिल्ला र प्रदेश समितिबाट सर्वसम्मत निर्णय भएका सदस्यता कायम गर्ने निर्णय गरेको छ ।
सरोकारवाला पक्षसँगको परामर्श र सल्लाहकारलाई नबालाई गरिएको एक पक्षीय निर्णयको कारण उत्पन्न बिवादको हकमा केन्द्र, प्रदेश र जिल्ला अध्यक्षले सरोकारवाला पक्ष र सल्लाहकारसँग छलफल गरेर सुद्धिकरण मापदण्डअनुसार टुंगो लगाउने निर्णय गरेको बैठकमा सहभागी अध्यक्षहरुले जनाएका छन ।
भेलामा केन्द्रीय समितिको तर्फबाट पूर्वअध्यक्ष डा. सुरेश आचार्यले मंसीर ७ गतेका लागि निर्वाचन मिति प्रस्तुत गर्नुभएको थियो भने अध्यक्षहरुले पर सार्नुपर्ने बताएका थिए । दुवै पक्षको सहमति मंसिर २८ गतेनिर्वाचन गर्नेमा जुटेको हो ।
यस्तै भेलाले निर्वाचन समतिको बिषयमा पनि समयसीमा तोकेर गठनका लागि म्याण्डेट दिएको छ । सोसमयमा समिति नबनाएमा केन्द्रीय निर्वाचन समितिले निर्वाचन अधिकृत तोकेर चुनाव गराउने निर्णय भएको छ ।
यस्तो छ ४ बुंदे निर्णय
१. सर्वसहमत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने । प्रदेश समितिको सर्वसहमतिको निर्णयले थप गरिएको सदस्यता कायम गर्ने ।
२. यदी सदस्यताको बिबाद भएको खण्डमा केन्द्र र प्रदेशको १(१ जना प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले सर्बसहमतीबाट बिबादको टुंगो लगाउने ।
३. विवाद भएका शाखाका हकमा केन्द्र र प्रदेशको १(१ जना प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले सर्वसहमतिका आधारमा गरेको निर्णय अन्तिम हुने । सर्वसहमति कायम गर्न नसके केन्द्रले सर्वसहमतिका आधारमा निर्णय गर्ने, त्यो नै अन्तिम मतदाता नामावलीमा समावेश गर्ने ।
४. सदस्यता सम्बन्धी सबै विवाद कार्तिक मसान्तसम्म टुंग्याउने ।
प्रतिक्रिया दिनुहोस्