काभ्रेपलाञ्चोक, असोज २० । यही असोज ११ र १२ गते आएको भारी बर्षापछिको बाढी-पहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ । सो घटनामा ७५ जना घाइते भएका छन।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी-पहिरोमा परी पाँच जना बेपत्ता छन। हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन।
तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्