काठमाडौं, असोज २० । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा बरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत नियुक्त हुनुभएको छ ।
संबैधानिक परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार बरिष्ठतम न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको छ । यही असोज १६ गते संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति समक्ष शपथग्रणपछि नवनियुक्त प्रधानन्यायाधीश राउतले सर्वाेच्च अदालत पुगी कार्यभार सम्हाल्नुह हुनेछ ।
प्रतिक्रिया दिनुहोस्