जनता टाइम्स

२१ आश्विन २०८१, सोमबार १४:३०

दुर्गा प्रसाईलाई महंगो पर्यो ट्रकमा आगजनी : चालकको मृत्यू भएपछि समर्थकबिरुद्ध ज्यान मुद्दा, क्षतीपुर्ति पनि असुली गरिने

झापा, असोज २० । अराजकता मच्चाउँदै हिडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले ट्रकमा आगो लगाउँदा घाइते भएका चालकको मृत्यु भएको छ ।

प्रसाईंका समर्थकका नाममा भएको अराजक समुहले लगाएको आगलागीबाट घाइते ट्रक चालक भारतको छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा रायको उपचारका क्रममा मृत्यु भएको हो । रायलाई सुरूमा प्रसाईंकै बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल बनेपछि रायलाई थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज पठाइएको थियो ।

रायको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । रायको मृत्यु भएपछि उनका आफन्तहरुले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाकासमेत अवरोध गरेका छन । साइबर क्राइमको आरोपमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेपछि उनीबाटै पालित पोषित अराजक समुहले गत ७ गते बिहान २ः५० बजे बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेट नजिक दुहबीबाट जुट पुर्याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा आगो लगाएका थिए ।

सो ट्रकमा आगजनी गर्ने प्रसाईं सुमहका भनिएका अराजकमध्येका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । तर अव उनीहरूबिरुद्ध ज्यान मुद्दा चलाइने झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले आगजनी गर्नेहरूबाटै क्षतिपूर्ती भराउने तयारी भइरहेको जानकारी पनि दिनुभयो ।

चालकलाई गाडीभित्रै राखेर आगो लगाएको कारण जलेर अवस्था जटिल बनेको थियो । भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी आइतबार रायको शव नेपाल पठाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोष्टमार्टम गरेर आफन्तले शव बुझेका छन ।