काठमाडौं, असोज २३ । नेपालका निमा रिन्जी शेर्पाले सबैभन्दा कान्छो उमेरमा ८ हजार मिटर भन्दा अग्ला सबै हिमाल आरोहण गर्नुभएको छ ।
उहाँले १८ वर्षको उमेरमै ८ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमालको सफल आरोहण गर्नुभएको हो । आज बुधबार बिहान चीनमा रहेको ८ हजार २७ मिटर अग्लो शिशापांमा हिमाल आरोहण गरेसँगै निमाले यो कीर्तिमान आफ्नो नाममा गराउनुभएको हो ।
उक्त हिमालको सफल आरोहणसँगै निमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने सबै भन्दा कान्छो आरोही बन्न सफल हुनुभएको छ । संखुवासभाको मकालु क्षेत्रमा पर्ने शेर्पागाउँमा जन्मिएका निमाले पहिलो पटक सन् २०२२ मा मनास्लु हिमाल आरोहण गर्नुभएको थियो ।
अहिलेसम्म विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने सबैभन्दा कान्छो आरोही (३० वर्ष) को नाम मिङ्मा ग्याबु (डेभिड) शेर्पाको नाममा छ । निमाले सो रेकर्ड तोड्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्