काठमाडौं, असोज २४ । सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
एमाले मुख्यालय च्यासलमा केहीबेर अघिबाट सुरु भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, बाढी पहिरा र डुवानबाट मुलुकमा पारेको क्षती र सरकारले गरिरहेको कामको बिषयमा सबिस्तार जानकारी गराउनु भएको छ ।
यस्तै बैठकमा दशैंको शभकामना आदान प्रदान हुनुका साथै पार्टी केन्द्रीय कार्यालय शिलान्याशसहित हालैको विपद्पछिको उद्धारमा पार्टीले खेलेको भूमिका, अबको कार्यभार लगायत विषयमा छलफल गर्ने भइरहेको छ ।
एमालेले शुक्रवार पुरानो पार्टी कार्यालय कलंकी खसीबजार नजिकै पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने कामको थालनीसहित शिलान्याश गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्