काठमाडौं, असोज २७ । यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ।
संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म आयोजना भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
विश्वका ३७ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण जितेको हो। नेपाली सेनाका अनुसार सो अभ्यासमा १२१ अन्तर्राष्ट्रिय टोलीको सहभागिता थियो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालले नेपाली सेनाले सन २०१७ र २०१९ मा पनि सो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो।
प्रतिक्रिया दिनुहोस्