जनता टाइम्स

२७ आश्विन २०८१, आईतवार १८:३४

दोलखाको गोपीखोलामा दुई यात्रुबाहक बस ठोक्कियो


दोलखा, असोज २७ । दोलखाको गोपीखोलामा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन।

काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३.०१०५ ख ३९५६ नम्बरको यात्रुबाहक बस र ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा५ख ५६३१ नम्बरको बस आइतबार दिउसो दोलखाको बैत्यश्वर गाउँपालिका ६ गोपीखोलामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी घाइते भएहरूलाई उपचारका लागि चरिकोट ल्याइएको प्रहरीले जनाएको छ ।