जनप्रतिनिधि भएपछि पन्तले एक करोडभन्दा बढी रकम दान गरिसनु भएको छ । उहाँले स्थानीय हिमालय स्कूलमा २२ लाख, देवघाटमा १५ लाख, गणेशधाम संरक्षणमा १५ लाख सहयोग गरिसक्नु भएको हो ।
चितवन, असोज ३० । देशभर ६ हजार ७ सय ५३ वटा वडामध्य धेरैजसो जनप्रतिनिधि दशैंमा जुवातासमा मस्तराम बने, कोही मापसेमा रमाए । ती सवैमध्ये भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्त फरक देखिए ।
पन्तले दशैंभर आफ्नो वडाका विपन्न परिवारलाई मासुचिउरा वितरण गरेर समय बिताउनु भयो । पन्तले भरतपुर–१२ का २५५ परिवारलाई प्रतिपरिवार दुई किलो मासु र दुई किलो चिउरा वितरण गर्नुभएको छ । वडाध्यक्ष पन्तले दशैंमा मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गर्न सामाजिक सञ्जालमा आह्वान गरेर नै आग्रह गर्नुभएको थियो ।
’वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे,’ वडाध्यक्ष पन्तले भन्नुभयो । निर्वाचन जितेदेखि नै मतदाताको हितमा मात्रै केन्द्रित रहनुभएका वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आउनु भएको छ । त्यहाँ संकलित रकमले पनि विपन्नको सहयोगका लागि खर्चिने गर्नुहुन्छ । गत तीजमा पनि उहाँले विभिन्न आमा समूह, टोल सुधार समितिहरुमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी वितरण गर्नुभएको थियो ।
वडाध्यक्ष पन्तका अनुसार ’तीजमा तीन लाख रूपैयाँ खर्च भएको थियो । उहाँले तीज मनाउन खर्च माग्ने जोकोहीलाई खाली हात फर्काउनु भएन । उहाँले वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसक्नु भएको छ । सामाजिक काममा रमाउने र चाँडबाडमा सवैलाई सहयोग गर्ने भएको कारण तिहारमा उनको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ । आफ्नो घरमा पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको वडाध्यक्ष पन्तले बताउनु भयो । ’गत वर्षको तिहारमा पाँच लाख बढी दान गरेको थिएँ,’ वडाध्यक्ष पन्तले सम्झनु भयो ।
गत भदौ १५ गते उहाँले आफ्नो जन्मदिनमा १८ लाख ६० हजार बराबरको दान गर्नुभएको छ । आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा वडाध्यक्ष पन्तले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा वितरण गर्नुभएको थियो । ’जन्मदिन, तीज, दसैं, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिनँ,’ पन्तले भन्नुभयो ।
उहाँले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आएका छन । बाग्लुङ नगरपालिका–७ मा जन्मिनु भएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आउनु भएको छ ।सामाजिक काममा गरिएको खर्च र सेवाबारे जानकारी माग्दा पन्त ’दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ’ भन्नुहुन्छ ।
जिल्लाका सङ्घसंस्थाहरु धेरैले एक पटक उहाँसँग सहयोग पाइसकेका छन । विभिन्न क्लबहरुले आयोजना गर्ने खेलकुदमा उहाँले सहयोग गर्दै आउनु भएको छ । जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि एक करोडभन्दा बढी निजी रकम दान गरिसकेको उहाँले जानकारी दिनुभयो ।
पन्तले स्थानीय हिमालय स्कुलमा २२ लाख, रोटरी करुणालय देवघाटमा १५ लाख, गणेशधाम संरक्षणमा १५ लाख सहयोग गरिसक्नु भएको छ । यस्तै क्रिकेट रंगशाला, मठ मन्दिरहरुमा पनि सहयोग गर्दै आउनु भएको छ । पन्तले वडाध्यक्ष वापतको रकम पनि सबै दानमा नै खर्च गर्दै आउनु भएको छ । वर्षमा पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको पन्तले बताउनु भयो ।
वडाध्यक्ष पन्तका अनुसार वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने चार लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरिएको छ ।
उहाँले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आएका छन । बाग्लुङ नगरपालिका–७ मा जन्मिनु भएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आउनु भएको छ ।सामाजिक काममा गरिएको खर्च र सेवाबारे जानकारी माग्दा पन्त ’दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ’ भन्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्