जनता टाइम्स

३० आश्विन २०८१, बुधबार १८:३०

सरकारी ठगीका दोषीमाथि कार्वाही सुरु भइसक्यो, सरकारले पीडितलाई न्याय दिएरै छाडछ, : सञ्चारमन्त्री गुरुङ


काठमाडौं, असोज ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको प्रष्ट पार्नुभएको छ ।

बुधबार सिंहदरबारमा रेडियो नेपालको दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो जानकारी दिनुभएको हो । उहाँँले प्रतिवेदनले दोषी देखाएका निकाय र व्यक्तिमाथि कारवाही गर्न सम्बन्धित मन्त्रालय र निकायलाई लेखी पठाइसकेको बताउनु भएको हो ।

उहाँँले वर्तमान सरकारले सहकारीपीडित जनतालाई न्याय दिएरै छाडने प्रतिवद्धता पनि जनाउनु भयो । यस्तै मन्त्री गुरुङले उखु किसान र दुग्ध किसानको बक्यौता भूक्तानीका लागि पनि सरकारले आवश्यक सहजीकरण गरेको बताउनु भयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले जनताको समस्याप्रति संवेदनशील बन्नका लागि वर्तमान सरकार बनेको प्रष्ट पार्नुभयो । उहाँँले सरकारको स्थीरताका लागि ठूला दुई दल मिल्नुपरेको धारणा राखनुभयो ।

उहाँले वर्तमान सरकार गठन भएपछि मुलुकको आर्थिक अवस्था सुदृढ हुँदै गएको जानकारी पनि दिनुभयो । यसअघिको सरकारले निर्माण व्यवसायीको भूक्तानी गर्न बाँकी रकम अहिलको सरकारले क्रमशः भुक्तानी गर्दै जाने पनि उहाँले बताउनुभयो ।