इन्सपेक्टर शाही नेतृत्वको प्रहरी टोलीले असोज ७ गते एक व्यवसायीलाई शान्ति सुरक्षा असर पुर्याएको कसुरमा पक्राउ गरेको थियो । पक्राउपछि बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुली गरिएको प्रमाण फेला परेको छ ।
काठमाडौं, कात्तिक १ । प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । ‘हनी ट्यापिङ’ मा पारेर रकम असुली गर्ने अपराधमा संलग्नता रहेको प्रमाण फेला परेपछि इन्सपेक्टर शाहीलाई पक्राउ गर्न जिल्ला अदालत ललितपुरले प्रहरीलाई अनुमति दिएको हो ।
बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले इन्सपेक्टर शाहीलाई असोज १० गते प्रमुखको जिम्मेवारीबाट हटाएको थियो भने जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन अघि बढाएको थियो ।
छानबिनका क्रममा ‘कैफियत’ देखिएपछि इन्सपेक्टर शाहीलाई हिरासतमै राखेर थप अनुसन्धान गर्ने निर्णयमा प्रहरी पुगेको हो । सोही निश्कर्षका आधारमा शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । ‘हनी ट्यापिङ’मा पारेर असुली गर्ने समूहसँग शंकास्पद सम्बन्ध रहेको पाइएपछि इन्सपेक्टर लाई निलम्बन गर्न समेत सिफारिस गरिएको थियो । ललितपुर प्रहरीले अनुसन्धान गरिरहेका बेला प्रहरी प्रधान कार्यालय, नक्सालले समेत यस मामिलामा जाँच गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति बनाएको थियो ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सो घटनाको छानबिनका लागि ललितपुर प्रहरीका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा बनेको समितिले प्रतिवेदन बुझाएको र त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको जनाएको छ । छानविनमा सहभागी ललितपुर प्रहरीका अधिकृतहरुका अनुसार, इन्सपेक्टर शाहीले शंकास्पद गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली गरेको पाइएको छ ।
प्रहरीका अनुसार, इन्सपेक्टर शाही नेतृत्वको प्रहरी टोलीले असोज ७ गते एक व्यवसायीलाई शान्ति सुरक्षा असर पुर्याएको कसुरमा पक्राउ गरेको थियो । पक्राउपछि बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्यवसायीाट ३० लाख रकम असुली गरिएको प्रमाण फेला परेको छ ।
प्रहरीले यो घटनामा मुछिएका शाहीका सवारी चालक समेत रहेका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ । यस प्रकरणमा थप केही व्यक्तिसमेत संलग्न रहेको र उनीहरु फरार रहेको प्रहरीले जानकारी दिएको छ
प्रहरीले यो घटनामा मुछिएका शाहीका सवारी चालक समेत रहेका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ । यस प्रकरणमा थप केही व्यक्तिसमेत संलग्न रहेको र उनीहरु फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
इन्सपेक्टर शाही जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत रहँदा समेत विवादमा मुछिनुभएको थियो । २०८० सालको माघ महिनामा प्रहरी जवान राजेन्द्र नाथले एउटा भिडियो सार्वजनिक गर्दै शाहीले दिएको यातनाका कारण आफू जागिर छाड्न बाध्य भएको बताउनु भएको थियो । शाही त्यसबेला जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा मुद्दा शाखामा कार्यरत हुनुहुन्थ्यो ।
यो मामलामा टिप्पणी गरेको विषयलाई लिएर शाहीले स्थानीय पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरविरुद्ध विद्युतीय अपराधको कसुर गरेको आरोपमा उजुरी दिएर दुवै जनालाई पक्राउ गराउनु भएको थियो । जहाँ रहँदा पनि निर्दाेष नागरिक फसाउने धन्दा चलाउने शाहीलाई प्रहरीकै केही अधिकारीले संरक्षण गरेको तथ्य पनि खुल्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्