काठमाडौं, कात्तिक १ । प्रमुख तीन दलका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटनुभएको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटनुभएको हो ।
प्रधानमन्त्रीका सचिवालयले जनाएअनुसार शीर्ष नेताको छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादीबाट पूर्वगृहमन्त्री शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी हुनुभएको छ ।
बैठकमा शान्ति प्रक्रियालाई टुंग्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्