जनता टाइम्स

२ कार्तिक २०८१, शुक्रबार १३:२२

आर्थिक अनियमिततामा मुछिएका मोरङका एसपीमाथि कार्वाही, हेडक्वार्टर तानिए


काठमाडौं, कात्तिक २ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी हेडक्वार्टर तानिनुभएको छ ।

आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले कार्कीमाथि कार्वाही स्वरुप जिम्मेवारी खोसेको हो । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले एसपी कार्कीलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताउनु भयो ।

‘मोरङका एसपीको हेडक्वाटरमा सरुवा भएको हो । सरुवाको कारणबारे भने मलाई जानकारी भएन,’ प्रवक्ता कार्कीले भन्नुभयो । कार्कीको जिम्मेवारीमा अपराध अनुसन्धान कार्यालयका एसपी राजन लिम्बूलाई सरुवा गरिएको छ ।