जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १७:४०

तस्विरमा यस्तो देखियो गैर आवासीय नेपाली संघ हाँक्ने कमाण्डरहरुको बिजयउत्सव (फोटो फिचर)


काठमाडौं, कात्तिक १ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा कुमार पन्त आफ्नो टीमका अधिकांश पदाधिकारीसहित निर्वाचित हुनुभयो । पन्तले अर्काे प्रत्यासी कुल आचार्यलाई १४७ मतको अन्तरमा पराजित गर्दा उपाध्यक्षमा डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा, महिला उपाध्यक्षमा रविना थापा बिजयी हुनुभयो । यस्तै महासचिवमा डा. हेमराज शर्मा, सचिवमा गौरीराज जोशी र आरके शर्मा तथा कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ बिजयी हुनुभयो । तस्विरमा यस्तो देखियो बिजय उत्सव ।