जनता टाइम्स

३ कार्तिक २०८१, शनिबार १०:१२

मध्यराती नै स्वास्थ्य परीक्षणपछि कास्की प्रहरीको हिरासतमा रबि लामिछाने, प्रहरी कार्यालयकै अगाडि समर्थकको नारावाजी


पोखरा, कात्तिक ३। शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याइएको सीआईबीले शनिबार बिहानका करिब ३ बजे कास्की प्रहरीको जिम्मा लगाएको छ । लगत्तै रबिलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले हिरासतमा राख्नुअघि रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याएको थियो । सडकमार्गबाट पोखरा जानेक्रममा बाटोमासमेत ठाउँ ठाउँमा रविको समर्थनमा नाराबाजी गर्न कार्यकर्ता सडकमा उपस्थित भएका थिए ।

सहकारी ठगीको पक्षमा रहेका रबिका समर्थकहरुले सकारकारको विरोध गर्दै रवि लामिछानेको पक्षमा नाराबाजी गरेका थिए । समर्थकहरुले कास्की प्रहरी कार्यालय अगाडिसमेत नाराबाजी गरे । यता सहकारी ठगी गर्नेमाथि कडा कार्वाहीको माग गर्नेहरुले कडा कार्वाहीको माग गरेका थिए ।