काठमाडौं, कात्तिक ३ । सहकारी ठगी तथा संगठित अपराधमा सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन थालेको छ ।
सम्पूर्ण तथ्यले आरोप प्रमाणित हुने देखिएपछि अत्ताल्लिनुभएका सभापति लामिछानेले आफ्नो सहकारी ठगीमा एउटै मुद्धामा अन्य आरोपी जेलमा रहेको तथ्यलाई मोडन कार्यकर्तालाई सडकमा उतार्नुभएको हो ।
सहकारी ठगीमा अनुसन्धान गर्न रबिलाई गरेपछि आक्रोशित रास्वपाका कार्यकर्ता काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको झुटो प्रचार गरेर विरोध जनाएका हुन ।
काठमाडौंसहित रास्वपाका कार्यकर्ताले पोखरासहित अन्य केही जिल्लामा पनि प्रदर्शन गरेका छन । उनीहरुले सरकार र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन ।
प्रतिक्रिया दिनुहोस्