पोखरा, कात्तिक ४ । पोखराको शहिदचोकमा प्रदर्शन गरिरहेका सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले लखेटेका छन्।
शहिदचोकमा रास्वपा सभापति रवि लामिछानेको पक्राउविरुद्ध प्रदर्शन गरिरहेका कार्यकर्ताहरूले आफ्नो सभापति पक्राउ गर्न लगाएको भन्दै शहीद चोकमा न्याय मागेर प्रदर्शन गरिरहेका सहकारी पीडितलाई लखेटेका हुन । प्रदर्शन गरिरहेका सहकारी पीडितलाई रास्वपा कार्यकर्ताले ढुंगा हान्दै लखेटेका हुन ।
रास्वपाका कार्यकताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग धकेलाधकेल समेत भएको थियो। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहिदचोक र गैह्रापाटन आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रदर्शन उग्र बनाएपछि प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्