पोखरा, कात्तिक ५ । सहकारी ठगीको अभियोगमा अनुसन्धान गर्न सभापति रबि लामिछानेलाई पक्राउ गरेको बिरोधमा सुरु भएको निर्घात कुटिएका युवा रास्वपाकै कार्यकर्ता रहेको प्ष्टि भएको छ ।
आन्दोलनमा घुसपैठ गरेर अराजकता फैलाउन खोजेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबाट निर्घात कुटिएका युवा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सकृय कार्यकर्ता भएको खुलेको हो ।
आइतबार पोखराको शहीद चाोकमा रास्वपा सभापति रवि लामिछानको गिरफ्तारीको विरुद्धमा प्रदर्शनमा उत्रिएका कार्यकर्ताले आन्दोलनमा घुसपैठ गरेर परिस्थिति बिगार्न खोजेको भन्दै एक युवा माथि निर्घात कुटपिट गरेका थिए ।
प्रहरी माथि ढुङ्गा र बोटल हानेको भन्दै ती युवालाई दर्जन भन्दा बढी रास्वपाका कार्यकर्ताले घेरा हालेर कुटेका थिए । उनीहरुको कुटाइबाट ती युवा रगताम्मे बनेका थिए । पिटाई खाने ती युवा कास्कीको मादी गाउँ पालिका वडा नम्बर ६ सिल्दजुरे स्थायी घर भै पोखरा १३ काहुँ बस्ने पदमराज पौडेल रहेको पुष्टि भएको छ ।
पौडेल रास्वपामा सकृय रुपमा लाग्ने मादी कै पहिलो युवा भएको स्थानीयको भनाई छ । रवि लामिछाने र रास्वपाका सकृय कार्यकर्ता उनी आन्दोलनलाई सफल पार्न कै लागि पसल छोडेर निर्धारित समय अगावै शहीद चोकमा पुगेका थिए । पदमराज काहुँ खोलास्थित सिल्दजुरे इलेक्ट्रोनिक्सका सञ्चालक हुन । केही वर्ष कोरियामा काम गरेर नेपाल फर्केका पौडेल रास्वपा पार्टी बन्ने बेलादेखि कै सकृय कार्यकर्ता हुन ।
कुटाई पछि घाइते भएका पौडेलको ओठमा २ वटा टाँका लगाइएको छ । उनी आइतवार नै अस्पतालमा उपचार गरेर घर फर्किसकेका छन् । आफ्नै कार्यकर्ताबाट कुटिएर घाइते भएका पदमराजलाई भेट्न रास्वपाका शिर्ष नेता आज निबास मै पुगेका थिए । बरिष्ठ उपाध्य स्वर्णिम वाग्लेको नेतृत्वमा सुमना श्रेष्ठ तोसिमा कार्की र शिव नेपाली काँहुस्थित पौडेलको निबासमा पुग्नुभएको थियो ।
भेट्न पुगेका नेताहरुसँग पौडेलले आफूले अनाहकमा पिटाई खाएको गुनासो गरेका थिए । कास्कीका सकृय कार्यकर्ता हुँदा हुँदै पनि रास्वपाको आन्दोलनमा कास्की बाहिरका धेरै सहभागी भएकाले उनीहरुले नचिन्दा पौडेलले पिटाई खानु परेको थियो । हाल उनी निबास मै आराम गरेर बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्