जनता टाइम्स

९ कार्तिक २०८१, शुक्रबार ०९:३१

कमल थापाले हात पारे दोहोरो उपाधि


काठमाडौं, कात्तिक ९ । पूर्वमन्त्री कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा दुई उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा बिहीवार भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जित्नुभएको हो।

कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराउनु भयो । यस्तै उहाँले ६५ वर्षमाथि सिंगल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गर्नुभयो े। महिला सिंगल्सको उपाधिका लागि अभिलासा विष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्नुहुनेछ । सेमिफाइनलमा अभिालासाले प्रज्ना मानन्धरलाई ६–१, ६–१ ले सहजै हराउनु भयो ।

अर्को सेमिफाइनलमा सुनिराले स्वस्तिका बिष्टमाथि ६–०, ६–१ को जित निकाल्नुभयो। पुरुष सिंगल्समा राजवीर प्रधान र रितिक राणाले फाइनलमा स्थान बनाउनु भयो। राजवीरले प्रणव मानन्धरलाई ६–१, ६–३ ले हराउनु भयो ।

अर्को सेमिफाइनलमा रितिकले आयुष्मानहजुर घलेलाई ६–१, ६–१ ले पराजित गर्दै उपाधि यात्रा तय गर्नुभएको छ । पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन हुनुभयो । यो जोडीले फाइनलमा प्रणव खनाल र निहालजंगबहादुर थापाको जोडीलाई ६–४, ६–३ ले हराएको हो ।

पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६, १०–८ ले हराए। यू–१२ उमेरसमूहको गल्र्स सिंगल्समा अनुश्री धोजु र ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी च्याम्पियन हुनुभयो ।

अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि हात पार्नुभएको हो । यू–९ गल्र्स सिंगल्समा नैरा घले फाइनलमा रजिशा जोशीलाई ४–१, ४–० ले हराउँदै च्याम्पियन हुनुभयो । यू–१४ गल्र्स सिंगल्समा शिभाली गुरुङ च्याम्पियन हुनुभयो ।

उहाँले फाइनलमा इरा खत्रीलाई ६–०, ६–० ले हराएकी हुन्। गल्र्सकै यूू–१० उमेरसमूहको सिंगल्समा सरा पन्तले फाइनलमा सरा पन्तलाई २–६, ६–०, १०–५ ले हराउँदै उपाधि जित्नुभयो । ब्वाइज यु–९ उमेरसमूहको सिंगल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगेका छन । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४–१, ५–३ तथा कायनले अबिर केडियालाई ४–०, ४–१ ले हराउनु भयो ।