काठमाडौं, कात्तिक १० । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी गम्भीर संकटमा परेको स्विकारोक्ति गर्नुभएको छ ।
सहकारी ठगीको अनुसन्धान गर्न रास्वपाका सभापति रबि लामिछाने पक्राउ परेपछि बचाउका लागि सरकारबिरुद्ध खवरदारी गर्न भन्दै काठमाडौंमा आयोजना गरिएको प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा दाहालले माओवादी पार्टी कुनै पनि बेला फुटने खतरा रहेको स्वीकार गर्नुभएको हो ।
कुनै पनि बेला आफ्नो पार्टी बिभाजनको खतरा रहेको दाहालले बताउनु भयो । दाहालले ‘नेकपा माओवादी केन्द्रलाई फुटाउने षड्यन्त्र भइरहेको’ भन्दै पार्टीीभित्र आफूबिरोधीहरुको बलियो गठबन्धन बनिसकेको खुलासा गर्नुभयो ।
केही समयअघि दाहालले आफ्नै छोरी गंगा र सचिवालयमा रहेका नेताहरुलाई लगाएर उपमहासचिव जनार्दन शर्माले पार्टी बिभाजनको अन्तिम तयारी गरिसकेको सूचना बाहिर पठाउनु भएको थियो ।
दाहालको कार्यशैलीलाई लिएर कडा रुपमा प्रतिवादमा उत्रनुभएका शर्माले पार्टी बिभाजन गरेर जान लागेको निश्कर्षमा रहनुभएका दाहालले आज सार्वजनिक रुपमै सरकारले माओवादी फुटाउने षडयन्त्र गरेको भन्दै पार्टी बर्वादीको दिशातिर गएको सन्देश दिनुभयो ।

‘माओवादीलाई समाप्त गर्न उनीहरू लागेका छन् । त्यसका लागि उनीहरू दिनरात लागेका छन । प्रचण्ड रहेसम्म केही गर्न सकिँदैन भनेर उनीहरूलाई चिन्ता छ,’ दाहालले भन्नुभयो । बिगत केही समययता दाहालको कार्यशैली र अधिनायकवादी कामलाई लिएर माओवादीभित्र चर्काे आक्रोश देखिएको छ ।
पदाधिकारीमै बहुमतभन्दा बढी प्रचण्डमा सुधारको लक्षण देखिएन, आर्यघाट पुगेर मात्रै पार्टीको नेतृत्व छाडने योजनाका साथ इमान्दार र राम्रालाई घचेटने र निकम्मा र भारदारलाई मात्रै स्थान दिने काम गरेको आरोप लाग्दै आएको छ । माओवादीभित्र बिवाद झाँगिदै जाँदा दाहालले सार्वजनिक मञ्चमै पार्टी फुटने खतरा रहेको तथ्य फुत्काउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्