जनता टाइम्स

११ कार्तिक २०८१, आईतवार १५:५२

अराजक भीडले समाजलाई नियन्त्रण गर्न खोजे स्वीकार्य हुन्न : इश्वर पोखरेल


काठमाडौं, कार्तिक ११ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुन र विधिसम्मत ढंगले कारबाही हुनुपर्ने बताएका छ ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रमका बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अनियमितता गर्नेलाई कारबाही गर्नुपर्नेमा पार्टी दृढ रहेको प्रष्ट पार्नुभएको हो । उहाले केही कमजोरीलाई लिएर सामाजिक सद्भाव फैलाउने कोसिस भइरहेको भन्दै देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको बताउनु भयो।

सहकारी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लगाउने गरेको उल्लेख गर्दै पोखरेलले कांग्रेस र एमालेका नेताहरूमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पार्नुभयो ।

पछिल्लो समयमा सहकारी ठगीको अनुसन्धान गर्न रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिएको छ। उहामाथि पोखरामा छानबिन भइरहेको छ। आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने भएपनि मुलुकमा संकट परेका बेला ठूला दलहरू एक हुनु परेको तथ्य पनि पोखरेलले खोल्नुभयो।

पोखरेलले अराजक भीडले समाजलाई नियन्त्रण गर्न खोजे स्वीकार्य हुन नसक्ने पार्टीको बटमलाइन पनि सुनाउनु भयो ।