काठमाडौं, कात्तिक १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार दाजुभाइ दिदीबहिनी बीचको सम्बन्ध बढाउने पर्व मात्र नभएर मानिस र पशुपन्छीबीचको सम्बन्ध पनि बढाउने पर्व भएको बताउनु भएको छ ।
दीपावलीको अवसरमा शुभकामना दिँदै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले तिहार पर्वले पशुपन्छी र मानिसको सम्बन्धलाई पनि बढाउने उल्लेख गर्नुभएको छ । तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गरेपछि भाइटिका लगाइने भएकोले प्रधानमन्त्रीले यो पर्वलाई मानिस पशुपन्छीको पनि सम्बन्ध बढाउने पर्व भनि उल्लेख गर्नुभएको हो ।
प्रधानमन्त्रीले तिहारलाई दीपको उज्यालो र फूलको सुगन्धको पर्वको रूपमा टिप्पणी गर्नुभएको छ । ‘यहाँ दीपको उज्यालो र फूलको सुगन्ध छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
‘तिहार ! यहाँ दीपको उज्यालो र फूलको सुगन्ध छ । यसले पशुपन्छी र मानिसको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउँछ। आज तिहारको लक्ष्मीपूजा ! सबैको घर आँगन उज्यालो होस् ! सबैको परिवारमा सुख शान्ति छाओस् !! शुभकामना !!,’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्