जनता टाइम्स

१६ कार्तिक २०८१, शुक्रबार १८:४४

किर्तीपुरको मेयरमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेद्वार बनाउने एमालेको सर्वसम्मत निर्णय


काठमाडौं, कात्तिक १६ । नेकपा एमालेले किर्तिपुर नगरपालिकाको मेयरमा चर्चित युवा नेता सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरको छ ।

एमाले किर्तीपुर नगर किमटीको बैठकले आकांक्षी सवै उम्मेदवारको प्रस्तावमा मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिश गरेको एमाले बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

युवा नेता मानन्धर अघिल्लो निर्वाचनमा संघीय संसदको निर्वाचन बन्नुभएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका मानन्धरलाई कीतिपुरको बिकासका लागि आवश्यक परेको भन्दै एमालेका नेता कार्यकर्ता सवैले सर्वसम्मत उम्मेदवार बन्न प्रस्ताव गरेका हुन ।

विद्यार्थीकालदेखि कम्युनिष्ट राजनीतिमा लाग्नुभएका मानन्धर कानुन व्यवसायीसमेत हुनुहुन्छ । गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि आगामी मंसिर १६ गते कीर्तिपुरसहित सवै स्थानीय तहमा उपनिर्वाचन हुँदैछ ।