जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार ०८:४०

आलमले मार्न खोज्दा भागेर बाँचेकाहरु प्रहरी सम्पर्कमा


रौतहट, कात्तिक ३ । ०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् ।

बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ । घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरुबाटै संकलन गरिसकेको जनाएको छ ।

अनुसन्धानका क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपी सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि बिस्फोटमा परेर घाइते भएका दुई जनाले बयान दिइसकेका छन् ।