भक्तपुर, कात्तिक १७। सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनमा निकै राम्रो काम भएको ठोकुवा गर्नुभएको छ ।
कांग्रेस भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले यस्तो ठोकुवा गर्नुभएको हो । उहाँले लोकतन्त्रमा सरकारको विरुद्धमा आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको निश्कर्ष सुनाउनु भयो ।
सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्री ओलीलाई आफूले सुझाव दिने पनि देउवाले बताउनु भयो ।
‘यो सरकारको सय दिनमा निकै राम्रो काम भएको छ । अव आलोचना भइहाल्छ नि । लोकतन्त्रमा सरकारविरुद्ध लोचना हुनु स्वभाविक हो । आलोचना गर्नेहरुबाट डराउनु हुन्न , ‘देउवाले भन्नुभयो, म प्रधानमन्त्रीलाई भेटेरै सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्नुपर्छ भन्ने सुझाव दिन्छु ।’
सभापति देउवाले एमालेसंगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरु खुसी रहेको जानकारी समेत दिनुभयो । सभापति देउवाले ओली सरकारलाई पूरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उदघोष गर्दै सवै कांग्रेस नेता कार्यकर्ता यही काममा लाग्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्