जनता टाइम्स

१९ कार्तिक २०८१, सोमबार १५:३१

बौद्धबाट ७ लाख पैसासहित समातीए जुवा खेलिरहेका २० जुवाडे


काठमाडौं, कात्तिक १९ । काठमाडौंको बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ परेका छन ।

काठमाडौं महानगरपालिका ६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिकैबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २० जनालाई पक्राउ गरेको हो। उनीहरूबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।