जनता टाइम्स

२० कार्तिक २०८१, मंगलवार १४:०७

प्रहरीमाथि आक्रमण गरेको आरोपमा समातीए रास्वपाका ८ जना कार्यकर्ता


पोखरा, कात्तिक २० । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आठ जना कार्यकर्ता पक्राउ परेका छन । पार्टी सभापति रबि लामिछानेलाई किन पक्राउ गरेको भन्दै प्रहरीमाथि आक्रमण गर्नेआठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएको थियो। सभापति लामिछाने पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा आज निषेधित क्षेत्रमा रहेका प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले पक्राउ गरेको हो।

यसअघि प्रहरीले प्रदर्शनकारीमाथि चार सेल अश्रुग्यास प्रहार गरेको थियो। लामिछानेलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको छ। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइरहेको छ।