गाजा, कात्तिक २० । गाजा सहरको पूर्वमा रहेको तुफाहमा आज भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको छ ।
हमला बाट सेनाले उत्तरी गाजा पट्टीको जबालिया शिविरको पश्चिममा आवासीय भवनहरूसमेत क्षतिग्रस्त बनाएको चिकित्सा स्रोतहरूले बताएका छन् । हमलामा, खान युनिसको पूर्वमा रहेका घरहरुमामा सेनाले बम प्रहार गरेपछि धेरै प्यालेस्टिनीहरू घाइते भएको स्रोतहरूले रिपोर्ट गरे ।
गत अक्टोबर देखि गाजा पट्टीमा सुरु भएको इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म ४३ हजार ३७४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ भने एक लाख दुई हजार २६१ जना घाइते भएका छन् । हजारौं पीडितहरू भग्नावशेषमुनि बेपत्ता छन् भने कयौँ पहुँचविहीन सडकमा छरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्