काठमाडौं, कात्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार ज्वरो आएर उहाँ अस्वस्थ हुुनुभएको हो ।
प्रधानमन्त्री अस्वस्थ हुनुभएपछि अत्यावश्यकबाहेकका कुनै पनि भेटघाट र कार्यक्रम रद्द गरिएको सचिवालयले जनाएको छ ।
‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको जानकारी गराइन्छ,’ प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्