जनता टाइम्स

२० कार्तिक २०८१, मंगलवार १८:१९

गण्डकीका पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर,५ वर्ष जेल सजाय


काठमाडौं, कात्तिक २० । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ ।

गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै प्रदेशसभा सदस्य मनाङेलाई सर्वाेच्च अदालतले सो सजाय सुनाएको हो ।

मनाङेलाई यसअघि उच्च अदालतले दोषी ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गर्नुभएको थियो । तर, न्यायाधीशद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो ।