अछाम, कार्तिक २० । जिल्लाको चौरपाटी गाउँपालिका १ स्थित परिवर्तनशिल युवा क्लबले देउसी–भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन गरेको छ ।
मटेना टोलमा गठित सो क्लब र देवीस्थान आधारभूत विद्यालयले संयुक्त रुपमा खेलेको देउसी–भैलोबाट ३ लाख ५२ हजार ३६५ रुपैयाँ संकलन गरेको हो ।
लक्ष्मी पूजाको दिनदेखि संयुक्त रुपमा सुरु भएको देउसी–भैलो बाट उक्त रकम संकलन भएको क्लबले जनाएको छ । करिब पाँच दिनसम्म खेलिएको देउसी–भैलोबाट सो रुपैयाँ संकलन गरिएको हो ।
क्लब र विद्यालयले खेलेको देउसी भैलो पालिकामै उत्कृष्ट रहेको दाबी समेत गरिएको छ । हरेक वर्ष क्लबले देउसी–भैलोबाट लाखौँ रुपैयाँ संकलन गर्दै आएको छ । यस पटक पनि भैलोलाई निरन्तरता दिँदै क्लबले वडा नम्बर १ भित्रैका विभिन्न टोलमा भैलो मागेको थियो ।
क्लबले विद्यालयलाई प्रत्यक्ष रुपमा आर्थिक सहयोग गरिरहेको छ | क्लबको सहयोगबाट देवस्थान आधारभूत विद्यालयमा निजि श्रोतबाट दुई जना शिक्षक राखिएको छ ।
यस्तै क्लबले अन्य सामाजिक कार्य पनि गर्दै आएको छ । समाजका असहाय दुःखी र पीडितहरूलाई क्लबले आर्थिक सहयोग गर्दै आइरहेको छ |
आफ्नो गाउँ टोलमा विभिन्न समयमा भएमा क्लबले समधान समेत गर्ने गरेको क्लबका अध्यक्ष देवबहादुर साउदले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्