जनता टाइम्स

२१ कार्तिक २०८१, बुधबार ०९:११

काठमाडौं महानगर-१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने एमाले निर्णय


काठमाडौं, कात्तिक २१ । नेकपा एमालेले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष उम्मेदवार टुंगो लगाएको छ ।

मंगलवार बसेको महानगर वडा कमिटी बैठकले उम्मेदवारको टुंगो लगाएको हो । बैठकले लक्ष्मीरत्न तुलाधरलाई सिफारिस गरेको छ। एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले तुलाधरको एकल नाम सिफारिस भएको जानकारी दिनुभयो । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

गतको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि काठमाडौं १६ मा उपनिर्वाचन हुन लागेको हो । सो निर्वाचनमा एमालेले वडावासीबीच भिजेका तुलाधरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तुलाधर यसअघि २०७९ मा भएको निर्वाचनमा रिजालसँग थोरै मतान्तरले पराजीत हुनुभएको थियो । पराजीत भएपनि वडावासीको सेवामा निरन्तर लागिरहनु भएका तुलाधरलाई यसपटक पनि वडाध्यक्षमै उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।