जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार ११:३०

विहिबार अजरबैजानको बाकु जाँदै प्रधानमन्त्री ओली, यस्तो छ भ्रमण तालिका


काठमाडौं, असोज ३

प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन विहिवार अजरबैजान जानु हुने भएको छ । बाकुमा यही अक्टोबर २५ र २६ तारिखमा शिखर सम्मेलन हुँदैछ ।

परराष्ट्र मन्त्रालयलले आइतबार औपचारिक रुपमा घोषणा गरेको भ्रमण तालिका अनुसार उहा २७ अक्टोबरमा स्वदेश फर्किनु हुनेछ । भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरु सामेल हुनेछन् ।

प्रधानमन्त्री ओलीले २६ अक्टोबरका दिन सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इहाम अलियेभले आयोजना गर्ने रात्रिभोजमा २५ अक्टोबरका दिन सहभागी हुनुहुनेछ । शिखर सम्मेलनका क्रममा प्रधानमन्त्रीले विभिन्न देशका प्रतिनिधिमण्डलका नेतासँग दुईपक्षीय वार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रिस्तरीय बैठक २३ र २४ तारिखमा तथा वरिष्ठ अधिकारीहरुको बैठक २१ र २२ मा हुनेछ ।