जनता टाइम्स

२१ कार्तिक २०८१, बुधबार १४:५२

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बिजयी, औपचारिक घोषणा बाँकी


वासिङटन डीसी (अमेरिका) कात्तिक २१ । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प बिजयी हुनुभएको छ । ट्रम्पले चुनावमा आफू विजयी भएको घोषणा गर्नुभएको हो ।

फ्लोरिडामा जीते पछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफु विजयी भएको घोषणा गर्नुभयो । ट्रम्पले भन्नुभयो, ‘अमेरिकालाई महान बनाउन मद्धत गर्नेछु ।’ उहाँले अमेरिकाका लागि स्वर्ण युग हुने पनि बताउनु भएको छ ।

‘यो अमेरिकी जनताको लागि शानदार जीत हो । जसले हामीलाई अमेरिका पुनः महान बनाउन सक्षम बनाउनेछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ,’ आफू बिजयी बनेको घोषणासहित खुसियाली साटदै ट्रम्पले भन्नुभयो ।

ट्रम्पको चुनावी नारा ‘मेक अमेरिका ग्रेट अगेन,’ अर्थात अमेरिका पुनः महान बनाउनु भन्ने रहेको थियो । ट्रम्पले आफ्नो जीतको घोषणा गरिसकेको भएपनि यसको आधिकारिक घोषणा भने भएको छैन। यसअघि सन २०१६ मा राष्ट्रपति पदमा बिजयी हुनुभएका ट्रम्प २०२० मा जो बाइडेन संग पराजित हुनुभएको थियो ।

उहाँ भन्दा अघिका राष्ट्रपतिहरुले लगातार दोश्रो कार्यकाल पुरा गरेका थिए । बर्तमान राष्ट्रपति जो बाइडेन दोश्रो कार्यकालका लागि भएको उम्मेदवारी नै त्याग गर्नुभएको थियो । बाइडेनको स्थानमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रयाटसहरुले चुनावी मैदानमा उतारेका थिए ।