जनता टाइम्स

२३ कार्तिक २०८१, शुक्रबार १४:३९

सर्वाेच्चका प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन


काठमाडौं, कात्तिक २३ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

निरौला र पाण्डेलाई गत असोज ११ गते बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । आज बसेको बैठकले दुवै जनाको नाम अनुमोदन गरेको हो ।