जनता टाइम्स

२७ कार्तिक २०८१, मंगलवार १३:००

आफन्तको घरमा लुकेको अवस्थामा भेटिए दीपक मनाङे


काठमाडौं, कात्तिक २७ । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङले आफन्तको घरमा लुकेर बसेको पाइएको छ ।

मनाङेलाई आज पक्राउ गरेर लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा लगिएको हो । उहाँलाई सीआईबीका डीएसपी नेतृत्वको टिमले काठमाडौंको सानोभरयाङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको थियो ।

मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन । आफूले चलाउने मोबाइल काठमाडौँ उपत्यका बाहिर पठाएर काठमाडौँमा लुकेर बसेको सूचनाका आधारमा मनाङ पक्राउ परेका हुन ।

सर्वोच्च अदालतले कात्तिक २० गते मनाङलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालतले गरेको फैसला सदर गर्दै ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि मनाङ सम्पर्क विहीन हुनुभएको थियो ।

तरबार प्रहार गरेर गुन्डा नाइके चक्रे मिलनको हात छिनाएको घटनामा उहाँले यसअघि नै २ वर्ष जेल जीवन ब्यतित गरिसक्नु भएको छ । उहाँले अब बाँकी कैद भुक्तान गर्नुपर्छ ।