काठमाडौं, कात्तिक ४ । भारत–पाकिस्तानबीचको पछिल्लो लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । उनीहरुको नाम नेपालीजस्तो भए पनि कुन देशका हुन् भन्ने खुलाइएको छैन ।
गएराति पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा भारतीय सेनाले आक्रमण गरेको थियो । पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो । पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्