जनता टाइम्स

२७ मंसिर २०८१, बिहीबार १०:४०

एनपीएल : विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य


काठमाडौं, मंसिर २७ । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत अहिले विराटनगर किङ्स र पोखरा एभेन्जर्स खेलिरहेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा पोखराले ७ विकेट गुमाएर १३९ रन बनायो । पोखराका लागि स्टक एडवार्डले ४५ रन बनाए । यस्तै लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाए । यस्तै बसिर अहमदले २१ रन बनाए । बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेइफरले २(२ विकेट लिए । यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १(१ विकेट लिए