जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार २१:५७

अबैध लागूऔषधसहित एक जना पक्राउ


शुभ नारायण कामती, सिरहा । सिरहाको पटहेर्वाबाट लागु औषध सहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहालको कमाण्डमा ७ जनाको गाडी मोवाईल टोलीले आज साँझ करिब ६ः४५ बजेको समयमा सिरहा नगरपालिका वडा नं १७ पटहेर्वा स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको स।१०प। ६८९७ नम्बरको २२० पल्सर मोटरसाइकलमा सवार उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं। ३ बस्ने करिब ४५ वर्षीय बिजेन्द्र तामाङ्गलाई चेकजाँच गर्दा १०० एमएलको लागुऔषध कोरेक्स ९० बोतल सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं। ७ गण हे।क्वा। सिरहाका सप्रनाउ योगराज दाहालले बताएकाछन् ।

पक्राउ परेका बिजेन्द्र तामाङ्ग, पल्सल २२० सिसि मोटरसाइकल, रेन्वो मोवाइल एकथान, घडी एकथान सहित थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं। ७ गण हे।क्वा। सिरहाका सप्रनाउ योगराज दाहालले बताएकाछन् ।