काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले बिदाइ भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकोमा राजदूत चौधरीलाई धन्यवाद दिनुभयो ।
प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायीत्वमा जाने विश्वास पनि ब्यक्त गर्नुभएको छ । राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । राजदूत चौधरी सरुवा भइ नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्