काठमाडौं, पुस ९ । नेपाल टेलिकमले हुम्लामा सेवा टावरमा क्षती पुर्याउने कार्यको निन्दा गरेको छ ।
प्रवक्ता हरि ढकालले बिज्ञप्ति जारी गरी कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरुमा अनधिकृत रुपमा केही समूहरव्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेको जनाउनु भएको छ । प्रवक्ता ढकालले सेवा अवरुद्ध हुन पुगेकोमा कम्पनीले दुःख व्यक्त गरेको जनाउनु भएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका पुस ५ स्थित बरै माइक्रो वीटीएसमा पुस ४ सोलार प्यानल, भीस्याटका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको बिज्ञप्तिमा जनाइएको छ ।
सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पु¥याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्नरनगराउनुहुन समेत नेपाल टेलिकमले सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्