काठमाडौं, पुस २१ । नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश खेलकुद बिकाष परिषद्का सदस्य सचिव दीपक लामा तामाङ थिए , विशेष अतिथि नेपाल क्लाइम्बिङ स्पोर्टस एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल तथा सप्ट बल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा स्केटबाेडिङ् संघका अध्यक्ष अच्युत खनाल, नेपाल आई टि एफ तेक्वान्डो महासंघ को सचिव तथा प्रदेश खेलकुद परिषद सदस्य अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्टस एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल. कोषाध्यक्ष प्रनिल मान श्रेष्ठ थिए ।
निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भइन भने काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित भएका छन । दुबै कमिटीमा ९-९ जनाको कमिटी निर्वाचित भएको छ ।
काठमाडौँ उपत्यका कमिटीमा उपाध्यक्ष श्रीधर पौडेल र बुद्धिराम शर्मा ,सचिवमा सुवास सुवेदी कोषाध्यक्षमा हरिभक्त महर्जन सदस्यहरुमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल जित बुधवार गंगा थापा, मगर निर्वाचित भएका हुन ।
त्यसैगरी वाग्मती प्रदेश कमिटीको उपाध्यक्ष रविन्द्र महर्जन र सुरज बस्नेत सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर, मनीष महर्जन निर्वाचित भए ।निर्वाचित कमिटीले आजै सफत पनि खाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्