काठमाडौं, पुस २५। न्याय सेवातर्फका दुई सचिव र ९ सहसचिवसहित २ सय ४२ जना अधिकृतको एकैपटक सरुवा भएको छ । न्याय सेवा आयोगको बुधबार बसेको बैठकले नेपाल न्याय सेवा राजपत्राङ्कित विशिष्ट श्रेणी सचिव वा सो सरहका दुई कर्मचारीको सरुवा गरेको हो ।
बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कार्यरत लोकराज पराजुलीलाई महान्यायाधिवक्ता कार्यालयमा र महान्यायाधिवक्ता कार्यालय रामशाहपथमा कार्यरत खेमराज ज्ञवालीलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरुवा गरेको हो ।
यस्तै बैठकले न्याय सेवा, न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव वा सो सरहका पदका नौँ सहसचिवको पनि सरुवा गरेको छ । जसमा नेपाल न्याय सेवा, न्याय समूहका सहसचिव एवम उच्च अदालत पाटन अन्तरतग हेटौडा इजलाशमा कार्यरत रजिष्ट्रार रामप्यारी सुनुवारको न्याय परिषद् सचिवालयमा सरुवा भएको छ ।
यसैगरी नेपाल न्याय सेवा, कानून समूहतर्फका कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत निर्मला अधिकारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा कार्यरत इन्दिरा दाहालको निर्वाचन आयोगमा सरुवा भएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत यज्ञप्रसाद भट्टराईको अर्थ मन्त्रालयमा, अर्थ मन्त्रालयमा कार्यरत बलसागर गिरीको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा कार्यरत शंकरबहादुर केसीको नेपाल कानून आयोगमा सरुवा भएको छ भने निर्वाचन आयोगमा कार्यरत अरुणा जोशीको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै नेपाल न्याय सेवा, सरकारी वकील समूहतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत गंगाप्रसाद पौडेलको महान्यायाधिवक्ताको कार्यालयमा, महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवत्तःा शम्भु कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।
यस्तै विभिन्न निकायमा कार्यरत नेपाल न्याय सेवा न्याय समूहतर्फका १३, कानून समूहका ३४ र सरकारी वकिल समूहका ४० जना गरेर ८७ जना उपसचिवको पनि सरुवा भएको छ भने सरकारी वकिल समूहका १०७, कानून समूहका २५ र न्याय समूहका १२ गरेर १४४ शाखा अधिकृतको पनि सरुवा भएको छ ।
बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा न्याय समूहका ३, सरकारी वकिल समूहतर्फका ३ र कानून सहूतर्फका २ गरेर ८ जना उपसचिवलाई सहसचिवमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ भने दुई उपसचिवलाई सहसचिवमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि बैठकले सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्