काठमाडौं, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी) क्षेत्रलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने सरकारको प्रष्ट योजना रहेको तथ्य राख्नुभएको छ ।
शुक्रवार राती बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयको बिषयमा प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जनाउ दिनुभएको हो ।प्रधानमन्त्री ओलीले नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताउनु भएको छ ।
‘हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिज्यू समक्ष सिफारिस गरिएको छ । यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले अब नेपाली आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने ब्यवस्था गरिएको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभएको छ ।
यस्तो छ प्रधानमन्त्री ओलीको भनाई
आइटीको क्षेत्रमा काम गर्नेहरुलाई खुसीको खबर !
नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्याराहरु थिए । अब नेपाली आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने भएका छन् । हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेश मार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गरेको छ । यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्