जनता टाइम्स

२ माघ २०८१, बुधबार १४:२३

चार क्विन्टल रक्तचन्दनसहित पेप्सीकोलाबाट दुई जना पक्राउ


काठमाडौं, माघ २ । काठमाडौं पेप्सीकोलाबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो।

मंगलबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर १४ का ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई पेप्सीकोला बस्दै आएका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो।

रक्तचन्दन कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताउनु भयो ।उनीहरूको साथबाट ४ सय ६२ किलो रक्तचन्दन फेला परेको थियो, बोरा र डोरी छुट्याएर जोख्दा ४ सय ३२ किलो रक्तचन्दन देखिएको एसपी आचार्यले बताउनु भयो।

उनीहरूले भारतबाट रक्तचन्दन ल्याएर तिमल्सिनाको कोठामा राखेका थिए। तिमल्सिना भने पेप्सीकोलामा कोठा भाडामा बस्दै आएका थिए। यो रक्तचन्दन कहिले, कसरी ल्याएका थिए र कसका लागि ल्याएका थियो भन्ने खुलिसकेको छैन।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने उनीहरूले केही महिना अगाडि नै रक्तचन्दन ल्याएको र अर्को व्यक्तिलाई बुझाउने तयारी गर्दै गरेको पाइएको छ।