काठमाडौं, माघ २ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
आशिकालाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । आशिकालाई अदालतको अनुमतिसहित पक्राउ पुर्जी लिएर प्रहरी टोली उहाँको कार्यालयमा पुगेको थियो ।
प्रहरी बृत्त गौशालाले आशिकालाई पकाउ गरेको हो । आशिकाविरुद्ध अभद्र मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय आशिकाले सामाजिक सञ्चालमा आफ्नो मर्जी चलाउँदै प्रहरीमाथि समेत गालीगलोज गर्दै आउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्