जनता टाइम्स

८ माघ २०८१, मंगलवार ११:५३

मुखै रसाउनी लोक दोहोरी गीत सार्वजनिक (भिडियो)


काठमाडौं, माघ ८ । पछिल्लो समय नेपाली लोक संगीतमा बहार आईरको बेला ‘मुखै रसाउनी’ बोलको निकै मिठो लोक दोहोरी गीत सार्वजनी भएको छ । बिष्णु भण्डारीको शब्द लयमा रहेको गीतमा गायिका सिम्रन परीयार र महेन्द्र भण्डारीको स्वर रहेको छ ।

प्रेम थापा र यशु भट्टराईको अभिनय रहेको गीतको भिडियोमा मोडेल तथा निर्देशक प्रेम थापाको निर्देशन रहेको छ । बिशुद्ध लोक शैलीमा रहेको गीतको भिडियोलाईसमेत लोक शैलीमै निर्माण गरेको छ ।

मुखै रसाउनी बोलको गीतको गीतका टुक्काहरुले टिकटक र सामाजिक सन्जालका रीलमा चर्चा बटुली रहेका छन् । गीतलाई युवा ब्यवसायी पंकज पौडेलको युटुव च्यानल ‘मधुस क्रीएसन’ बाट सार्वजनिक गरिएको छ ।