जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १४:४५

फेरियो बिश्वकै अर्वपति धनीहरुको सूची : विल गेट्स बने संसारकै धनी, जेफ बेजोज नम्बर वानबाट आउट


काठमाडौं, कात्तिक ८ । बिल गेटस फेरि सन्सारकै सवैभन्दा धनीको सूचीमा उक्लन सफल भएका छन । अघिल्लो वर्ष संसारकै धनी बनेका अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी जेफ बेजोज विश्वकै धनी व्यक्तिबाट ‘आउट’ भएसँगै विल गेटस पहिलो नम्बरमा पुगेका हुन ।
चर्चित म्यागाजिन फोब्सका अनुसार बिहीबार कम्पनीको सेयरमा सात प्रतिशतले गिरावट आएपछि उनी संसारकै धनी व्यक्तिबाट हटेका हुन । फोब्सले संसारका धनीहरुको सूचीमा गत वर्ष जेफले बाजी मारेका थिए । उनको कम्पनीको सेयर बिहीबारको कारोबारमा ७ प्रतिशतले घटेको थियो ।

फोब्सका अनुसार यो धक्कासँगै बेजोजसँग १ खर्ब ३ अर्ब डलर सम्पत्ति रहेको छ । अमेजनको सेयर खस्किएपछि उनी संसारको दोस्रो धनीमा झरेका छन । उनलाई माइक्रोसफ्टका सहसंस्थापक बिल गेटसले प्रतिस्थापन गरेका हुन । बिलसँग १ खर्ब ५ अर्ब डलर सम्पत्ति रहेको छ । अघिल्लो वर्ष उनले बेजोजले २४ वर्षसम्म संसारकै धनी बनेका गेट्सलाई उछिनेर संसारकै धनी बनेका थिए । तत्कालीन समयमा बेजोजको सम्पत्तिको नेट मूल्यांकन १ खर्ब ६० अर्ब डलर रहेको थियो । यद्यपि अमेजनको सेयरकै कारण मात्रै उनको सम्पत्ति घटेको होइन। श्रीमती म्याकेन्जी बेजोजसँगको डिभोर्स पनि बेजोज पनि कारण बनेको हो । डिभोर्सपछि उनले अमेजनको एक चौथाइ सेयर पूर्वपत्नी म्याकेन्जीलाई दिनुपरेको थियो । उनीहरुबीच यो वर्षको सुरुतिर डिभोर्स भएको थियो ।

म्याकेन्जी बेजोजसँग ३२ अर्ब ७० करोड डलर सम्पत्ति रहेको छ, जुन विश्वकै २० धनीमध्ये एकमा पर्छ । बिहीबार मध्याह्न मात्रै अमेजनले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नेट आम्दानी २६ प्रतिशतले घटेको बताएको थियो । यसले सन् २०१७ यता पहिलोपटक नाफा घटाएको छ । बिहीबारको कारोबार बन्द भएको २० मिनेटमै अमेजनको सेयरमा नौ प्रतिशत घट्ने क्रममा प्रतिसेयर मूल्य १ हजार ६ सय २४ डलर पुगेको थियो । तर त्यसपछि केही सुधार देखिँदा पछि १ हजार ६ सय ५७ डलर पुगेको थियो ।

त्यस्तै, बिल गेट्स सन् २०१४ यता माइक्रोसफ्ट बाहिर रहेका छन । प्रमुखको रुपमा उनले राजीनामा दिए पनि बिल अहिले पनि माइक्रोसफ्टको बोर्ड सदस्य छन । उनले माइक्रोसफ्टको धेरै सेयर बेचेका वा अन्यत्र लगेको बताइएको छ । उनी अहिले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहप्रमुख रहेका छन ।

यो फाउन्डेसन निजी दान गर्ने फाउन्डेसनमध्येकै ठूलो हो । बिल गेट्स सन् १९८७ देखि फोब्र्स अर्बपतिको सूचीमा प्रवेश गरेका थिए । त्यतिबेला उनीसँग १ अर्ब २५ करोड डलर सम्पत्ति रहेको थियो । त्यस्तै बेजोज भने सन् १९९८ मा चार सय अमेरिकी अर्बपतिको सूचीमा पहिलोपल्ट अटाएका थिए ।त्यसको एक वर्षअघि मात्रै अमेजन सार्वजनिक कम्पनीमा गएको थियो । त्यतिबेला बेजोजसँग १ अर्ब ६० करोड डलर सम्पत्ति रहेको थियो ।