कैलाली, माघ ११ । प्रेस चौतारी नेपाल कैलालीको जिल्ला अधिवेशन शुक्ररबार सम्पन्न भएको छ ।
संगठनको आठौँ जिल्ला अधिवेशनले जनकसिंह विष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
सर्वसम्मत रूपमा सम्पन्न निर्वाचनबाट उपाध्यक्ष र महिला उपाध्यक्षमा लोकुसिंह ठकुरी र निर्मलाकुमारी शाही निर्वाचित हुनुभएको छ । सचिवमा दिनेश विष्ट सर्वसम्मत हुनुभएको छ ।
अधिवेशनबाट सहसचिवमा ध्रुव ओझा निर्वाचित हुनुभएको छ भने समावेशी सहसचिवमा भूपेन्द्र बिक निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा जीवन विष्ट चुनिनु भएको छ ।
अधिवेशनबाट सदस्यहरूमा क्रमशः टेकसिंह धामी, पूर्णबहादुर साउद, दिनेश राना, भरत रिमाल, मनीषा भुल, सिद्धराज अधिकारी, नरेशनाथ योगी, भावना भण्डारी र कमल साउद निर्वाचित हुनुभएको छ ।
केन्द्रीय प्रतिनिधिमा इन्द्रकुमारी केसी, भोजराज जोशी, हेमन्त पौडेल र एकेन्द्र तिमल्सिना निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा गीता चौधरी, भानुभक्त आचार्य, कृष्णप्रसाद ओझा र सुशील ढुङ्गाना निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले उद्घाटन गर्नुभएको अधिवेशनको उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय नेताहरू लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्